अपडेट: ७ साउन, २०८२

१८ दल बैठकको प्रेस विज्ञप्ती

कपा (एमाले)ले आज पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा आयोजना गरेको संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न १८ वटा राजनीतिक दलहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष कमरेड झलनाथ खनालले सहभागी राजनीतिक दलका नेताहरुलाई स्वागत गर्दै राष्ट्रिय सहमतीका साथ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । बैठकमा नेकपा (एमाले), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक),मधेसी जनअधिकार फोरम, नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, नेकपा (माले), सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जनशक्ति पार्टी, नेकपा (एकीकृत), नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), चुरेभावर राष्ट्रिय एकता पार्टी, दलित जनजाति पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल लोकतान्त्रिक समाजवादी दलका नेताहरुको उपस्थिति थियो ।

बैठकले सहमतीका साथ निम्न निष्कर्ष अघि सारेको छ ः

१. यतिबेला शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउनु र थपिएको समय सीमा भित्रै नयाँ लोकतान्त्रिक संविधान जारी गर्नु राजनीतिक दलहरुको मुख्य एवं साझा कार्यसूचि हो । यसका निम्ति सहमतीका साथ अघि बढ्न यो बैठक सबैसमक्ष अनुरोध गर्दछ ।

२. दिगो शान्ति एवं लोकतान्त्रिक संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमतीको विकल्प नरहेको कुरा स्पष्ट छ । यसका लागि शान्ति प्रक्रियालाई पूर्णता प्रदान गर्न र यससम्बन्धी प्रतिबद्धताहरु पालन गर्न सुस्पष्ट योजना र कार्यान्वयनको सुनिश्चितता आवश्यक रहेकोमा यो बैठक विशेष जोड दिन चाहन्छ । त्यसैको कार्यान्वयनका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेकोमा यो बैठक जोड दिन चाहन्छ ।

३. पटक–पटकको निर्वाचनबाट पनि बहुमतीय सरकार गठन हुन नसकेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री पदका प्रत्याशी दुवै उम्मेदवारहरुलाई सहमतीको नयाँ प्रक्रियाको ढोका खोल्न यो बैठक आह्वान गर्दछ ।

४. प्रधानमन्त्रीको निर्वाचनको क्रममा देखा परेको गैर–संसदीय, विकृत र अनुशासनहीन आचरण घातक भएकाले त्यसप्रति खेद प्रकट गर्दै त्यस्तो प्रवृत्तिलाई अविलम्ब हतोत्साहित गर्न यो बैठक सम्पूर्ण राजनीतिक दलहरुसमक्ष अनुरोध गर्दछ ।

५.  एकीकृत नेकपा (माओवादी)ले गरेको नयाँ लडाकु भर्ना आह्वानप्रति आपत्ति प्रकट गर्दै विस्तृत शान्ति सम्झौता र विशेष समितिको निर्णयविपरीतका यस्ता गैरसंवैधानिक कदम अविलम्ब रोक्न यो बैठक आह्वान गर्दछ ।

२० साउन, २०६७



ईश्वर पोखरेल
महासचिव
नेकपा (एमाले)