अपडेट: १४ साउन, २०८२

‘लेफ्टराइट’ चाइना

२२ वर्षको ठिटो म, कम्युनिस्ट पार्टीमा संगठित भएपछि जीवनका निजत्व त्याग्नुपर्छ भन्ने लहर नै चलेको थियो । कलेज पढ्दा सुन्दर केटीहरूस“ग खिचिएका आङ्खना सबै फोटो जलाए“, सर्टिफिकेट जलाए“ र नागरिकता च्याते“ । म एक किसिमले क्रान्तिको दिवाना बनिसकेको थिए“ । मनमा तरंग उठ्थ्यो, मुलुकमा एक वर्ग संघर्ष हुन्छ र क्रान्ति सम्पन्न हुन्छ । देशको सुन्दर तर अमूर्त तस्बिर आ“खामा आइरहन्थ्यो । आ“खामा क्रान्तिको मात्रै चित्र हुन्थ्यो, मैले स्विजरल्यान्डबाट आएको छात्रवृत्तिको भिसा पनि लत्याए“ । क्रान्तिमा अस्वाभाविक लोभ र मोहले क्षति पु¥याउ“छ भनेर सबै पहिचान चु“डाएर हि“डेको थिए“ । २०३२ साल वैशाखको त्यो दिन, सम्झिन्छु, प्रसव व्यथामा भएकी आमाले सन्तानसुख प्राप्त गरेजस्तै । म घरबाट १५ वर्षसम्म सम्पर्कविहीन बने“ । म ईश्वर पोखरेलबाट नवीन बने“ । असली पहिचान लुकाउ“दै कहिले शरद, मिलन, सीतारामजस्ता भूमिगत नाम राखे“, कार्यक्षेत्र धनुषा, सर्लाही सिराहा, सप्तरी थियो । त्यो समय भूमिगत सहयोद्धाहरूस“ग सम्पर्क गर्ने अहिलेको जस्तो फोन सम्पर्ककोे व्यवस्था थिएन, खबर पाउन चिठी पु¥याउनुपथ्र्यो । हामी वर्गशत्रु खत्तम गर्नुपर्छ भन्दै जनताको दैलोमा थियौ“ । २०३२ माघ महिनामा सिपी मैनाली, माधव नेपाल, गोविन्द न्यौपानेलगायत केन्द्रका नेता समातिए । २०३२ माघमा, झलनाथ खनाल इलाममा हुनुहुन्थ्यो । त्यसपछि म सम्पर्क गर्न इलाम गए“ । झलनाथ, केपीलगायत नेताहरूलाई खबर गरे“ । २०३३ असारमा पार्टी पुनर्गठन गरियो । म केन्द्रीय सदस्य त्यहीबेला भएको हो । त्यसपछि २०३३ चैत ११ गते सिपी मैनालीसहितले नख्खु जेलबाट सुरुङ खनेर जेलब्रेक गरे । त्यतिबेला हामी उग्रवामपन्थीे लाइनमा थियौ“ । सशस्त्र रूपमा शक्ति निर्माणको प्रक्रियामा थियौ“ । एक एरिया, एक युनिट, एक स्क्वाएर र एक एक्सन हाम्रो रणनीति थियो । सशस्त्र कारबाहीमा पार्टी अगाडि सर्दैनथ्यो । जनताले शत्रु घोषणा गरेर गरेको कारबाहीप्रति पार्टीले समर्थन जनाउ“थ्यो । त्यो उग्रवामपन्थी अतिवादी विचार हो भन्ने हामीलाई लाग्दै थियो । यसरी कम्युनिस्ट क्रान्ति सफल गर्न सकि“दैन भन्ने महसुस हुन थाल्यो । ०३५÷३६ सालको आन्दोलनले पनि यो रणनीति अघिबढ्न सक्दैन भन्ने ज्ञान दिइसकेको थियो । त्यतिबेला भारतीय कम्युनिस्ट पार्टी पनि रूपान्तरणको बाटोमा थिए । हामी पनि रूपान्तरणकै सिलसिलामा थियौ“ । हामीलाई लाग्यो, चिनिया“ कम्युनिस्ट पार्टीको अनुभव बुझ्नुपर्छ । सांस्कृतिक क्रान्तिका नाममा चीनमा चलेको ठूलो वितण्डाबाट चीन भर्खरै मुक्त भएको थियो । सायद उनीहरू पनि नेपालका इमानदार क्रान्तिकारीहरू उग्र बाटोतर्फ जा“दै छन् भन्ने विश्लेषण गर्दै थिए होलान् । सांस्कृतिक क्रान्तिको नाममा उनीहरूले भोगेको क्षति हामीले समयमै बुझौ“ भन्ने चिनिया“हरू पनि चाहन्थे । हामीले क्रान्तिको बाटो परिवर्तन गर्न खोजेका थियौ“ । जसका लागि चीन नै जानुपर्ने महसुस ग¥यौ“ । अप्रत्यक्ष रूपमा चिनिया“ कम्युनिस्ट पार्टीस“ग सम्पर्क त थियो नै । तर, रूपान्तरणका कठिन प्रक्रियाबारे हामीले यसअघि कहिल्यै बहस गरेका थिएनौ“ । 

हामी भूमिगत थियौ“, नागरिकता, पासपोर्ट, भिसासहित सही पहिचान बोकेर चीन जान सक्ने अवस्थामा थिएनौ“ । पार्टीमा अनौपचारिक छलफल चल्यो– कसरी चिनिया“ कम्युनिस्ट पार्टीस“ग सम्पर्क बढाउने ? छलफलले म र सिपी मैनालीलाई चीन गएर क्रान्तिको बाटो परिवर्तनको मार्ग खोज्न जिम्मेवारी दियो । तर, कुन नाकाबाट कसरी जाने मेसो थिएन । पहिचान लुकाएर चीन पुग्नु कठिन थियो, सञ्चारसाधन केही थिएनन् । चीन जान सुरक्षित नाका पहिचान गर्ने जिम्मा पनि मैले नै पाए“ । आङ्खनो असली भेष लुकाएर कहिले मास्टर त कहिले बटुवा बन्दै म चार महिनासम्म नाका पत्ता लगाउन हि“डे । नाका खोज्दै, सगरमाथा अञ्चलको सोलुको दूधकुण्ड पुगे“ । त्यो नाका सुरक्षित हुने लागेन । फेरि, दोलखाको नाका ठीक हुन्छ कि भनेर पुगे“ । म जनताको मनोभावना बुझ्न सक्थे“ । उनीहरूको हाम्रो संगठनप्रतिको झुकाव व्यवहारबाट नै बुझ्दथे“ । जनताको घरदैलो नै जीवनको गोरेटो बनिसकेको थियो सायद । जनतास“ग लपक्क भएर बस्न सिपालु थिए“ । लखतरान भएर हि“ड्दा पनि पट्यार महसुस नै हु“दैनथ्यो । जनतालाई प्रशिक्षित गर्न पनि छोड्नुभएन । चीन जाने नाका खोज्ने क्रममा पनि शत्रुको पिछा हुनसक्थ्यो, त्यसैले सतर्क हुनु जरुरी थियो । दोलखाको नाका पनि हाम्रो लागि उपयुक्त नहुने देखियो । अन्त्यमा बाटो पहिचान भयो । खासाभन्दा मास्तिर निस्किने गरी गौरीशंकर हिमाललाई पश्चिम पार्दै लामाबगरबाट चीन पुग्ने बाटो हाम्रा लागि सुरक्षित भनी ठम्याए“ । चार महिनापछिको लगातार प्रयासपछि २०३७ जेठमा तत्कालीन महासचिव सिपी मैनाली र म चिनिया“ कम्युनिस्ट पार्टीका नेताहरूलाई भेट्न चीन गयौ“ । नेपालको सीमाना पार नगरुन्जेल अमृत बोहरा पनि हामीस“गै हुनुहुन्थ्यो । नाका पहिल्याउनजस्तो समस्या चीन प्रवेशको क्रममा भने भोग्नुपरेन । हामीले रुस्याक ब्याग बोकेका थियौ“ । केही खानेकुरा झोलामा थिए ।

यहा“बाट बाह्रबीसे हु“दै पिस्कललाई दाहिने पारेर ठिङसानको लेक पुग्यौ“ । लेकैलेक हि“डेपछि दोलखाको बिगु दाहिने पारेर जुम खोला पार गरेर चाइना प्रवेश गरियो । यो क्रममा दुईदिन ओढारमा बास बसियो । रुस्याकमा सातु, मकै, अदुवा, लसुन बोकेका थियौ“ । साथमा पानी उमाल्न टिनको भा“डो थियो । त्यसैमा पानी उमालेर पेट डाम्रो बनाउ“थ्यौ“ । हामीलाई गाउ“का सबै चिजको भेउ थियो, केही असहज महसुस भएन । कम्युनिस्ट क्रान्ति सफल बनाएर देश परिवर्तन गर्ने सपना आ“खाभरि सजिएका थिए । बाटो ठम्याउन नसकेको पार्टीको लाइन परिवर्तन गर्नु थियो । जनसंगठन र जनसंघर्षमा जाने लाइन कसरी तयार गर्ने भन्ने मात्रै चिन्ताले सताइरहन्थ्यो । 

त्यतिबेला २०३५÷०३६ को आन्दोलनबाट नया“ परिस्थितिको क्षितिज उघारेका थियौ“ । अरू ठाउ“को अनुभवले समृद्ध भएर अगाडि बढ्ने सोच थियो । यसअघि वर्गशत्रु खत्तम, जमिनदार दलाल खत्तमका लागि सशस्त्र कारबाहीको हाम्रो पार्टीलाइन थियो । रेड गार्ड संगठन थियो, ती संगठन परिवर्तन गरेर नया“ संगठन बनाउनु थियो । पुराना अभ्यासको बाटो भत्काएर नया“ गोरेटो समृद्ध बनाउने भन्ने चाहनाले मन भरिएको थियो । त्यसको लागि सन् १९२१ म बनेको चिनिया“ कम्युनिस्ट पार्टीले भोगेको अनुभवबाट सिक्नु जरुरी थियो । चिनिया“ सांस्कृतिक क्रान्तिले चीनलाई दरिद्रतातर्फ लग्यो भन्ने पढेका र सुनेका थियौ“ । हामी पनि यहा“ नया“ बाटो सोच्दै थियौ“, यो बाटोको पनि उल्टो परिणाम आयो भने, भित्रभित्रै चिरिन्थ्यौै“ हामी । यी र यस्तै कुरा महासचिव मैनाली र मेरो बीचमा हुन्थे । केही अन्तरंग कुराकानी पनि भएहोला, यात्राका क्रममा । तर, मेरा युवा हृदयमा आङ्खनो खुसी सोच्नेभन्दा जनताको सुख देख्ने चाहना अधिक थियो । हामी तेस्रो दिन चीन प्रवेश ग¥यौ“, मितेरी खोलामा जोडिएको खोलाको काठे पुल तरेर । नेपाल र चीनका सर्वसाधारण आवतजावत गर्ने नाका भएकाले हामीलाई सीमामा कुनै समस्या परेन । 

चीन प्रवेश गर्नेबित्तिकै चिनिया“ कम्युनिस्ट पार्टीको सम्पर्कमा पुग्यौ“ । ल्हासाबाट, सेचुवान प्रान्तको राजधानी छिन्तु गयौ“ अनि बेइजिङ पनि गयौ“ । हामीले सिंहानमा चिनिया“ क्रान्तिको अनेक कालखण्डमा चिनिया“ पार्टीले भोगेको दुःखबारे बुझ्ने मौका पायौ“ । हुन त नेपाली कम्युनिस्ट क्रान्ति उनीहरूबाट आयात गर्ने विषय होइन । तर, हामीलाई अनुभव लिएर बाटो बलियो बनाउनुथियो । चिनिया“ कम्युनिस्ट पार्टीले कस्तो गल्ती गरेको थियो त्यो पनि हामीले बुझ्यौ“ । 

कम्युनिस्ट क्रान्तिमा उग्रवामपन्थी बाटोले भोगेको क्षतिबारे त्यही“ हामीले एउटा डकुमेन्ट्री हे¥यौ“ । जसले मलाई अहिलेसम्म पनि प्रभावित पारिरहन्छ । ‘डाउन’ अर्थात् उज्यालो नामको डकुमेन्ट्री फिल्म थियो । जसको कथा चिनिया“ कम्युनिस्ट पार्टी उग्रवामपन्थी विचारबाट प्रभावित हु“दा कति क्षति भयो भन्ने थियो । सेन्ट्रल कमिटी नै उग्रवामपन्थी हु“दा पार्टीलाई कसरी ध्वस्त बनाउ“छ भने राम्रो उदाहरण थियो त्यसमा । उज्यालो फिल्मले मलाई धेरै रुवायो । नेपाली कम्युनिस्ट क्रान्तिका हस्ति रत्नकुमार बान्तवालाई सम्झिए“ । अत्यन्तै निडर, प्रतिभाशाली थिए । २०३५ साल चैत २६ गते इलामको इभाडमा मुठभेडका क्रममा मारिए । पार्टीको आन्दोलन उग्र नभएको भए उनीजस्ता कति राम्रो प्रतिभाको संरक्षण हुन्थ्यो भन्ने कुराले झस्काइरह्यो । म त्यो दिन धेरै रोएको थिए“ । उग्रवामपन्थी बाटो सिद्धान्तको पागलपन हो । लड्दालड्दै एकजना मात्रै जीवित रहे पनि उसलाई जितिरहेको छु भन्ने भ्रम हुन्छ । यस्ता उग्र सोचबाट हाम्रा कति होनहार हस्तिले ज्यान गुमाए । यस तीतो तथ्यबाट म नराम्ररी प्रभावित भए“ । 

चिनिया“ क्रान्तिको अनुभव बुझ्ने क्रममा करिब तीन महिना हामी चीनमा बस्यौ“ । उग्र वामपन्थको पागलपना रूपान्तरण गर्ने दृढ संकल्प बोकेर साउनको भेलमा स्वदेश फर्कियौ“ । फर्किंदा पनि हाम्रो बाटो जाने बेलाकै थियो । साउने भेलमा ल्हासास“ग जोडिएको खोलाको काठे पुलमा राति आइपुगेका थियौ“, घनघोर जंगलबीच । काठको मुढो तर्न कम्मरमा डोरी बा“धेर, पारीबाट रूखमा डोरी अल्झायौ“ अनि नेपालमा फरक बाटोबाट कम्युनिस्ट क्रान्तिको भेल उर्लाउने संकल्प बोकेर नेपाली भूमिमा पाइला राख्यौ“ ।

प्रस्तुति ः प्रतिमा सिलवाल