अपडेट: २२ असोज, २०८१

यही नालायकीका साथ संसद् चलाउने कुरा त हाँस्यास्पद हुन्छ : ईश्वर पोखरेल (भिडिओसहित)

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपालले पार्टी विभाजन गर्दा एमालेलाई नगन्य रुपमा असर परेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विभाजनले फाईदा नभएपनि असर भने नगन्य रुपमा परेको बताएका हुन् ।

माधव नेपालले आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर गरेको टिप्पणीमा आफूले कुनै प्रतिटिप्पणी नगर्ने बरु चुनावसम्म पर्खन भनेका छन् । उनले आफूले सभामुख अग्निप्रसाद सापकोटासँग हिसाब खोज्ने चेतावनीसमेत दिए । उनले वर्तमान संसद्ले निकास नदिने पनि दाबी गरे । उनले भने,‘यो संसदले के डेलिभरी गरिरहेको छ ? यही नालायकीका साथ चलाउने कुरा त हाँस्यास्पद हुन्छ ।’