स्थायी कमिटि बैठक सम्पन्न
नेकपा एमालेको स्थायी कमिटि बैठक पार्टी कार्यालय बल्खुमा बैसाख २८ गते मंगलबारका सम्पन्न भयो । बैठकले जारि गरेको प्रेस बिज्ञप्ति यस्तो छ ।
आज ०६७ बैशाख २८ गते नेकपा (एमाले) स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय मदननगर, बल्खुमा पार्टी अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा बस्यो । आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र क. वामदेव गौतमद्वारा जारी ज्ञापन–पत्रको बारेमा विस्तृत छलफल भयो । छलफलपछि बैठकले निम्न निर्णय ग¥यो ।
१. मुलुकको वर्तमान राजनीतिक परिस्थिति अत्यन्त जटिल बन्दै गएको छ । यस्तो अवस्थामा हर–सम्भव उपायबाट राष्ट्रिय सहमतीमा पुग्नु बाहेक अर्को कुनै विकल्प छैन । त्यसको लागि प्रमुख पार्टीहरुबीचको वार्तालाई घनिभूत रुपमा अघि बढाउने र समग्र विषयको सहमती सहित छिटोभन्दा छिटो साझा निस्कर्षमा पुग्ने निर्णय गरेको छ ।
२. यहि बैशाख १९ गते उपाध्यक्ष क. वामदेव गौतमको अगुवाईमा अध्यक्ष कमरेड समक्ष इमेल मार्फत प्रस्तुत भएको ज्ञापन–पत्रको सम्बन्धमा बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त ज्ञापन–पत्र र त्यसको सेरोफेरोमा सार्वजनिक संचार माध्यमबाट उहाँले व्यक्त गर्नु भएका विचारहरु पार्टीको नीति, निर्णय, हित र पद्धति विपरित छन् । तसर्थ यो बैठकले क. वामदेव गौतमलाई उहाँले गर्नुभएको उपरोक्त बमोजिमको गल्तीका निम्ति गम्भीर आलोचना गरेको र गल्ती महशुस गरी आत्मालोचना गर्न निर्देशन दिएको छ । साथै, आइन्दा पार्टीको नीति, निर्णय र पद्धतिलाई दृढतापूर्वक अनुशरण र परिपालना गर्न निर्देशन दिने निर्णय गरेको छ ।
यस विषयलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले आफ्नो एजेण्डा बनाएर कार्य आरम्भ गरिसकेको हुनाले केन्द्रीय अनुशासन आयोगको सिफारिस पश्चात पार्टी केन्द्रीय कमिटीले अनुशासनात्मक कार्वाहीको सम्बन्धमा आवश्यक निर्णय लिनेछ । बैठकले आफ्नो कार्य यथाशिघ्र सम्पन्न गर्न केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
३. आजको बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी आवश्यक निर्णय गर्नको लागि आगामी जेठ १ र २ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।
युवराज ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय