विद्यार्थी फाँटमा हुँदाका केही अनुभव
विद्यार्थी फाँटमा पार्टीका तर्फबाट प्रमुख भएर मैले काम गर्न थालेको पञ्चायती निरङ्कुशताका बेलामा हो । जुन बेला हामीहरू कडा भूमिगत अवस्थामा पार्टी काम गथ्र्यौं । २०३५÷३६ सालको आन्दोलनपछि विद्यार्थी फाँटलाई नयाँ ढङ्गले सङ्गठित गर्नुपर्छ भन्ने चेतना हामीमा आएको हो । खुला सङ्गठनका रूपमा अनेरास्ववियुमा आफ्ना नजिकका विद्यार्थी साथीहरूलाई सङ्गठित गर्न लाग्थ्र्यौं । त्यसभन्दा पनि पहिले हामी युवा विद्यार्थीको बीचमा स–साना भूमिगत सङ्गठनहरू ‘रेडगार्ड स्क्वाड’जस्तो बनाउँथ्यौँ । तर, त्यसले पनि नपुग्ने भएपछि ०३५÷३६ को आन्दोलनको झड्काले विद्यार्थी समुदायलाई विस्तारित रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकताबोध भयो । त्यसपछि क्याम्पस र स्कुलमा अनेरास्ववियुका ‘युनिट’ गठन गर्न थाल्यौँ । र, केन्द्रीय तहको नेतृत्व पनि निर्माण ग¥यौँ ।
विद्यार्थी फाँटमा हामीले श्रम गर्दाको यो हाम्रो पृष्ठभूमि हो । हामी अहिलेका एमालेका नेता–कार्यकर्ताहरू ०३५÷३६ पछि अनेरास्ववियुलाई विद्यार्थी समुदायका बीचमा आफ्नो पार्टीको राजनीति अगाडि बढाउने माध्यमका रूपमा प्रवेश गरेका हौँ । त्यसपछि, केन्द्रीय तहको जिम्मेवारी नभए पनि जुन–जुन क्षेत्रबाट पार्टी केन्द्रका तर्फबाट काम गथ्र्यौं, त्यो क्षेत्रबाट विद्यार्थीहरूलाई यही अवधारणा अनुरूप सङ्गठित गर्ने र परिचालन गर्न थाल्यौँ । यो मेरो आफ्नै अनुभवको कुरा हो । मैले त्यसबेला ‘मध्य दक्षिण क्षेत्र’को रूपमा चिनिने जनकपुर, सगरमाथामा केन्द्रित भएर काम गर्दा विद्यार्थीलाई सङ्गठित गर्ने काम गरेको थिए ।
त्यसपछि अनेरास्ववियुका गतिविधिलाई त्यस क्षेत्रमा अगाडि बढाउन सुरु गरिएको थियो । पछिल्लो कालखण्डमा क्षेत्रीय हिसाबले पनि अनेरास्ववियुको निर्माण गर्ने र सङ्गठित गर्ने थाल्यौँ । केन्द्रीय तहमा मैले पछिल्लो समयमा पञ्चायती व्यवस्थाको अन्तिमतिर अनेरास्ववियुलाई केन्द्रीय तहमा सङ्गठित गरिसकेपछि एउटा ‘मेकानिज्म’ बनिसकेको थियो । पार्टीका निश्चित जिम्मेवार नेताहरूले अनेरास्ववियुभित्र ‘फ्र्याक्सन’ भनेर एउटा गोप्य ‘संयन्त्र’ बन्थ्यो र त्यसमार्फत अखिललाई चलाउँथ्यौँ । अखिलले बाहिर वैधानिक ढङ्गले गतिविधि गर्दथ्यो, त्यसलाई पार्टीका तर्फबाट आन्तरिक संयन्त्र बनाएर हामी सञ्चालन गर्दथ्यौँ । त्यसमा विभिन्न समयमा भिन्न–भिन्न नेताहरूले संयन्त्र सञ्चालन गर्ने जिम्मा लिनुभएको थियो । मूलतः त्यो कुरा काठमाडौँ केन्द्रित हुने गर्दथ्यो ।
मैले यहाँ केन्द्रित भएर पार्टीकामको जिम्मा लिने र विद्यार्थी क्षेत्रको काम सञ्चालन गरेको देखेको छु । जिम्मा नलिएको बेलामा पनि बीचबीचमा केही समस्या देखापर्दा त्यससँग सम्बन्धित गतिविधिमा गाँसिएर भुमिका खेलेको पनि छु । पछिल्लो समयमा बहुदलीय व्यवस्था आएपछि एउटा कालखण्डमा मलाई अनेरास्ववियु विद्यार्थी फाँट हेर्ने प्रमुखको रूपमा जिम्मा तोकियो । पार्टी भर्खरै खुला भएको थियो तर पनि त्यसबेला पुरानो ढाँचाले अनेरास्ववियुलाई ‘संयन्त्र’ मार्फत सञ्चालन गर्ने विधिमा थियौँ । त्यसबेला मैले पार्टी प्रमुखको हिसाबले राम्ररी हेर्ने र बुझ्ने मौका पाएको थिँए । निश्चिय नै त्यसबेला पनि अन्तरविरोध थिए । त्यसबेलामा पनि अनेरास्ववियु पार्टीको राजनीतिक, साङ्गठनिक योजना अन्तर्गत नै चल्दथ्यो । यसरी संचालन गर्दा विद्यार्थीहरू विच अन्तरविरोधचाहिँ विकासमान वा अगुवा विद्यार्थी नेताहरूबीच देखापर्दथ्यो । तर, त्यो नेतृत्वको होडबाजीको रूपमा त्यति देखिँदैन्थ्यो । भए पनि, अलि थोरै नै थियो ।
कतिपय गतिविधि पार्टीको आदेश, निर्देशन मान्ने, वर–व्यवहार र आचरणका हिसाबले विद्यार्थी समुदायको बीचमा हुर्काउँदै आएको अनेरास्ववियुभित्र अन्तरविरोधका रूपमा देखिन्थे । पार्टीको संस्थागत÷आधिकारिक नीति निर्णयहरूको पालना गर्ने कुरामा को कति प्रतिबद्ध छ ? वरव्यवहारको मामलामा को कति कडा छ ? विद्यार्थी समुदायका बीचमा को कति लोकप्रिय छ ? भन्ने हिसाबले हामी विश्लेषण गथ्र्यौं । तिनै विषयमा केन्द्रित भएर कहिलेकाहीँ अन्तरविरोध देखा पर्दथे । तर, त्यस्ता अन्तरविरोधको व्यवस्थापन अगुवा साथीहरूलाई राखेर गर्दथ्यौैँ । सबैका कुरा सुनेर, सम्झाउने–बुझाउने गरेर समस्याको समाधान खोज्ने प्रयत्न गर्दथ्यौँ ।
भूमिगत समयताका होस वा त्यसपछिको खुला राजनीतिमा आएपछि, हामीले ‘अखिल’लाई त्यसरी नै हुर्काउँदै आयौँ । त्यो एउटा प्रशिक्षणको कालबाट अनेरास्ववियुमा नयाँनयाँ नेताहरू तयार हुनुभयो । अनेरास्ववियुको मात्रै नभएर पार्टी, आन्दोलन र कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने नेताका रूपमा उहाँहरू देखापर्नुभयो । पार्टीभित्र चल्ने राजनीतिक बहस र विवादहरू अखिलमा सोझै प्रतिविम्बित हुन्थे । विभिन्न ठाउँमा प्रकट भइहाल्थे । पार्टीभित्र चल्ने बहस र विवादबाट अनेरास्ववियु प्रत्यक्ष प्रभावित हुन्थ्यो । स्वस्थ् ढङ्गले बहस विवाद चल्दाखेरि त्यसको परिणाम पनि त्यही अनुसार नै प्रकट हुन्थ्यो । कहिलेकाहीँ पार्टीभित्र अस्वस्थ ढङ्गले चलेका बहस÷विवादहरू पनि त्यसका ‘भेइकल’जस्ता हुन्थे, अनेरास्ववियुका केही साथीहरू । त्यस सन्दर्भमा मेरो एउटा प्रत्यक्ष अनुभव छ । ०३९ सालतिर पार्टीभित्र ‘राजनीतिक स्वतन्त्रता’ वा ‘पार्टी स्वतन्त्रता’ भन्ने विषयको बहस र विवाद चुलियो । त्यसबेला तत्कालीन महासचिव सीपी मैनालीले जस्तो अडान राख्नुभएको थियो, ती आफ्नो ठाउँमा थिए, तर पार्टीभित्र चलेका बहस र विवादहरू बाहिर छरप्रस्ट भए ।
त्यसबेला हामीले बुझेको÷परिभाषित गरेको पद्धतिविपरीत जसरी कुराहरू छरिए, त्यसले अनेरास्ववियुलाई नराम्ररी प्रभावित पा¥यो । अनेरास्ववियुभित्रको बडो आशलाग्दो र लोभलाग्दो नेतृत्वपङ्क्ति नराम्ररी प्रभावित हुन पुग्यो । पछिल्लो कालखण्डमा त्यो पङ्क्ति निष्क्रिय मात्रै भएन, आन्दोलनबाटै अलप पनि भयो । कतिपय अनेरास्ववियुका साथीहरू त्यसखाले बहस÷विवादबाट वाहिरिन सफल भए र नयाँ उचाईमा नै आइपुगे । कतिपय त्यसखाले बहस÷विवादको आँधीबेहेरीबाट नराम्ररी प्रभावित भए । वास्तवमा आन्दोलनबाटै पलायन हुने स्थिति पनि सिर्जना भयो । यसमा अनेरास्ववियुभित्रको कमजोरीभन्दा पनि जुन समुदाय संवेदनशील छ, गतिशील छ र बाहिरका कुराबाट छिटो प्रभावित हुने स्थिति हुन्छ, त्यस्तो पङ्क्तिलाई राम्रो वा नराम्रो बनाउने कुरामा पार्टीका गतिविधि, निर्णय र तौरतरिकाहरू निर्णायक हुने गर्छन् भन्ने शिक्षा लिनु पर्ने आवश्यकता छ । त्यसबेला र अहिलेको विद्यार्थी आन्दोलनको स्वरूप र चरित्रमा निकै भिन्नता छ । तर, यसलाई राजनीतिक पृष्ठभूमिबाट बुझ्नु र हेर्नुपर्दछ । हिजोको आन्दोलन राजनीतिक परिवेशबाट प्रभावित हुन्थ्यो ।
त्यसका सङ्गठन पनि त्यस अनुरूप नै प्रभावित हुन्थे । हिजोचाहिँ ज्यादा आदर्शउन्मुख, उद्देश्यप्रेरित, निष्ठा र प्रतिवद्धता मिसिएको जस्तो देखिन्थ्यो । तर, अहिले अलिकति आदर्शहरू धमिलिएका हुन् कि, सपनाहरू ओइलिन थालेका हुन् कि भन्ने लाग्छ । हिजो अनेरास्ववियुमा काम गर्ने नेताहरूमा एकदमै सपनाहरू बोकेका आँखाहरू देखिन्थे । अहिले त्यस्तो देखिँदैनन् । आदर्श अलि कमजोर भएको जस्तो देखिन्छ । आचरण कमजोर भएको हो कि जस्तो लाग्छ । हिजो सपना बोकेका युवाहरू नै अनेरास्ववियुमा लागेको देखिन्थ्यो । अहिले अलि त्यस्तो कुरामा कमजोरी भएको हो कि भन्ने चिन्ता लाग्छ । तर, यसमा अनेरास्ववियुका विद्यार्थीहरूको मात्रै कमजोरी छैन । बरू, कम्युनिस्ट आन्दोलनमा देखापरेका समस्याहरूको प्रतिविम्ब पनि जिम्मेवार छ । त्यसैको परिणामले हालको अवस्था निम्त्याएको कि जस्तो लाग्छ । अनेरास्ववियुलाई अगाडि बढाउने सन्दर्भमा हामीले एउटा नीतिगत मान्यता बनाएका छौँ ।
यो पार्टीको राजनीतिबाट निर्देशित हुनुपर्छ । यसको आफ्नो वैधानिक व्यवस्थाबाट सञ्चालित हुनुपर्छ । राजनीतिक रूपमा निर्देशित, साङ्गठनिक रूपमा स्वायत्त हिसावले जानुपर्छ भन्ने जुनखालको हाम्रो सूत्रीकरण छ, त्यसलाई राम्ररी लागु गर्नुपर्छ । अहिले पार्टीका राजनीतिक विचारहरू, निर्णयहरूको विनासर्त पालना र साङ्गठनिक हिसाबले उसले पारित गरेको विधान अनुरूप चल्न दिनुपर्छ । यतिबेला केही समस्या देखिएका छन् । वैचारिक हिसाबले पार्टीका नीति र निर्णयबाट निर्देशित हुने कुरामा पनि कमजोरी देखिनु ।
यस कामलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउनका लागि पार्टीले विधिवत रूपमा सञ्चालन गर्ने विधि निर्माण गर्नुपर्छ । जस्तो, पहिले पार्टीको ‘संयत्र’ जसलाई प्रचलित शब्दमा ‘फ्र्याक्सन’ भन्थ्यौँ । पार्टीका नीति निर्णयहरू यसैमार्फत जाने गर्दथे । अहिले त्यो व्यवस्था छैन । तर, अब सङ्गठनहरू राजनीतिक रूपमा प्रत्यक्ष सञ्चालन गर्ने कुरा गरिरहेका छौँ ।
जसले गर्दा अनेरास्ववियुको कुनै वैधानिक फोरममा पार्टीका नीतिगत निर्णयहरू सुन्ने, बुझ्ने र त्यसलाई बिनासर्त पालना गर्ने खालको वैधानिक र चाँजोपाँजो मिलाउनुपर्ने जरूरी छ । नत्रभने, पार्टीका विचार र निर्णयहरूबाट निर्देशन नहुने सिलसिला चल्छ र त्यसले अराजकताको स्तिथि पैदा हुन्छ । हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ– पार्टीले अहिले यो काम नेकपा (एमाले)को राजनीतिलाई विद्यार्थी समुदायबीचमा प्रस्ट बनाउन, त्यसका लागि प्रशिक्षित गर्दै तयार गर्ने र भोलि विद्यार्थी आन्दोलन हुँदै कम्युनिस्ट आन्दोलनका योग्यत्तम नेता÷कार्यकर्ता निर्माण गर्ने उद्देश्य राखेर यसो गरेको हो । त्यसै कारणले हामीले पहिलेदेखि जुन अभ्यास ग¥यौँ, त्यसलाई परिमार्जित गरेर जानुपर्ने जरूरी छ । पार्टीको राजनीतिक मान्यता तथा निर्णयहरू र अनेरास्ववियुको विद्यमान वैचारिक व्यवस्थालाई ध्यान दिएर यस चीजलाई प्रतिविम्बित गराउनुपर्छ । (कुराकानीमा आधारित)