रातो सूर्य शहिदको निशानी, ल्याई छाड्छौं सुनौलो विहानी

मैले थाहा पाउँदा मेरो परिवारको वर्गीय स्थिति निम्न मध्यम किसान वर्गमा खस्कँदै थियो । झण्डै दश जनाको परिवार संख्या, गम्भीर अस्वस्थताले आज होकि भोली हुनु भएको बा, नहुर्किसकेका तीन जना– दाई, दिदी र मैले खासै उत्पादनमूलक श्रममा भाग लिन सक्दैनथ्यौं । दुई जना हुर्किएका दाईहरु भविष्य सपार्न मधेशतिर झरिसक्नु भएको थियो । चालिस वर्ष भर्खर पूरा गर्नु भएकी मेरी आमाले घरधन्धादेखि मेलापातका काम समेत भ्याउनै पर्ने बाध्यात्मक स्थिति थियो । खेतवारीमा बालीनाली लगाउने र उठाउने बेलामा केही केही खेताला खोज्नै पर्थ्यो। यसको जोहो गर्न पनि आमा प्रायः भालेको डाँकमा घरबाट निस्किसक्नु हुन्थ्यो । कतिपटक